अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३
| Colorodo: 14:48
चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाण्डाै आइपुग्नुभएको छ । उपविदेशमन्त्री वेइडाेङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एशिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गर्नुभयो ।
भ्रमणका क्रममा उपविदेशमन्त्री भाेलि मङ्गलवार काठमाण्डाैमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री वेइडाेङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ । उपविदेशमन्त्री नेपाल भ्रमण सम्पन्न गरी असार १२ गते काठमाण्डाैबाट प्रस्थान गर्नुहुनेछ ।