अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 14:56

प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो : रमेश लेखक

बिआरटीनेपाल २०८१ असार ११ गते ५:५७ मा प्रकाशित

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आउनुभएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रमेश लेखकले अहिले अस्थिरताको चुनौति कायम रहेको बताउनुभयो ।

रमेश लेखकले प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्यानभएर जादु रहेको बताउनुभएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आउनुभएको टिप्पणी गर्नुभयो । उहाँले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिकहरु बाँच्नु परिरहेको बताउनुभयो । उहाँले अहिले पनि धेरै चुनौतिहरु नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताउनुभयो । उहाँले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताउनुभयो ।

रमेश लेखकले लोकतन्त्र भनेको विचारको बजार भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय