अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४
| Colorodo: 16:19
जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लुम्बिनी प्रदेश समितिको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिनुभयो । पार्टी आजैदेखि प्रतिपक्षी दलको भूमिकामा बस्ने पनि उहाँले बताउनुभयो ।
लुम्बिनीमा जसपा नेपालका तीन जना सांसद छन् । त्यसमध्ये आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर विभाजित जनता समाजवादी पार्टीतिर लागेका छन् । जसपा नेपालले समर्थन फिर्ता लिए पनि माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको वर्तमान सरकार अल्पमतमा भने पर्दैन ।