अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 16:19

विश्वप्रकाशको प्रश्न – जिबी राईको लोकेसन पत्ता लाग्यो भनेर हल्ला गर्नु भगाउने नियत हो ?

बिआरटीनेपाल २०८१ असार १० गते ५:५२ मा प्रकाशित

नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनि गृहमन्त्रीलाई प्रश्न गर्नुभएको छ ।आइतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागि सकेको अभिव्यक्ति दिएको भन्दै किन पक्राउ नगरिएको हो भनि प्रश्न गर्नुभयो । उहाँले लोकेशन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनि प्रश्न गर्नुभयो ।

सांसद शर्माले भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर आशंका समेत व्यक्त गर्नुभयो । उहाँले गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको ४ दिन बितिसकेको भन्दै सरकारले कहिले जिबि राईलाई हाजिर गराउने हो स्पष्ट पार्नुपर्ने बताउनुभयो ।‘सहकारी ठगिमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगिमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ रु अभियुक्त पक्रिने यो नयाँ शैली हो रु केटाकेटीपन हो रु या भगाउने नियत हो रु देशलाई जिबिको लोकेशन चाहिएको होइन । देशलाई जिबी राई चाहिएको हो ।’ सांसद शर्माले भन्नुभयो ।

सांसद शर्माले देशलाई जिबी राईको लोकेशन नभइ जिबी राई नै चाहिएको बताउनुभयो । उहाँले मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धी नचाहिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय