अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 14:54

नयाँ समीकरण हुँदै कम्युनिष्ट पार्टीको पुनर्गठनतिर जाँदैछौँ : अग्नि सापकोटा

बिआरटीनेपाल २०८१ असार ९ गते ८:४२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताउनुभएको छ । तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै मुद्दा मिल्नेहरूसँग मोर्चा बनाइ वृहत् वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताउनुभयो ।

सापकोटाले भन्नुभयो, ‘राजनीतिक पुनः गठनमा मलाई के लाग्छ भने वृहत् वामपन्थी एकीकरण यो मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा, वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन। हिजो हामीले पुनः गठन गरेका थियौँ। त्यसलाई हामीले जोगाउन सकेनौँ। त्यो विघटन भएको छ। आज नयाँ समीकरण बनेको छ। यो नयाँ समीकरण हुँदै हामी वृहत् वामपन्थी एकीकरण हुँदै कम्युनिष्ट पार्टीको पुनर्गठनतिर जाँदैछौँ।’

वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्णरुपमा खारेज गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय