अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 14:51

राजनीतिज्ञ, व्यवसायी र कर्मचारी एक ठाउँमा हुँदा देश बर्बादीको बाटोमा : शेखर कोइराला

बिआरटीनेपाल २०८१ असार ९ गते ८:०० मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राजनीतिभित्र ‘अपराध’ भइरहेको बताउनुभएको छ । पछिल्ला दिनमा राजनीतिज्ञ, व्यवसायी र कर्मचारी एक ठाउँमा उभिएका उहाँले बताउनुभयो । “जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन्, तब विद्यमान ऐन, कानुनहरू गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ,” उहाँले भन्नुभयो ।

शनिबार मोरङमा आयोजित एक कार्यक्रममा उनले यही कारण देशमा भ्रष्टाचार बढेको र जनताले सुशासनको अनुभूति गर्न नपाएको बताउनुभयो । रेमिट्यान्सले देश चलिरहेको छ । आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा देश जति बेला पनी कोल्याप्स गर्न सक्छ,” कोइरालाले भन्नुभयो । जब मानिसका सबै अंगले काम गर्न छोड्छ, तब जति उपचार गरे पनि शरीर ठिक नहुने भन्दै उहाँले अहिले देश त्यही अवस्थामा पुगेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय