अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 14:47

सर्वोच्चमा मुद्दाको सुनुवाई नहुँदै कोशी प्रदेशमा हतारमा बजेट पारित

बिआरटीनेपाल २०८१ असार ९ गते ७:४७ मा प्रकाशित

कोशी प्रदेशको आउँदो आर्थिक वर्षको बजेट पारित भएको छ । कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा भोलि सुनुवाई हुने तालिका छ । त्यसैले सत्तापक्षले चार दिनको छलफलपछि हतार–हतारमा आज बजेट पारित गरेको हो ।

कोशी प्रदेशका अर्थमन्त्री रामबहादुर मगरले असारको १ गते आउँदो आर्थिक वर्षको लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । असारको ४ गतेदेखि बजेटमाथिको छलफल शुरु भएको थियो । हिजो राति ९ बजेसम्म प्रदेशसभाको बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय