अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 00:26

साउदी अरबमा तीर्थयात्रीको ज्यान गएपछि ट्युनिसियाका धार्मिक मामिला मन्त्री बर्खास्त

बिआरटीनेपाल २०८१ असार ९ गते ७:४४ मा प्रकाशित

साउदी अरबमा हज गर्न गएका तीर्थयात्रीको ज्यान गएपछि ट्युनिसियाका राष्ट्रपति कैस सईदले धार्मिक मामिला मन्त्री इब्राहिम चाइबीलाई बर्खास्त गर्नुभएको छ । साउदीमा हज गर्न गएका ४९ जना ट्युनिसियालीको अत्यधिक गर्मीका कारण ज्यान गएको छ ।

हजमा गएका नागरिकको उपयुक्त हेरचाह नगर्दा उनीहरुको ज्यान गएको भन्दै राष्ट्रपति सईदले मन्त्रीलाई बर्खास्त गर्नुभएको खबरमा उल्लेख छ । साउदीमा हज गर्न गएका विभिन्न देशका सात सय जनाभन्दा धेरैको अत्यधिक गर्मीको कारण ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू