अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 19:01

शेयर बजार १० अङ्कभन्दा धेरैले घट्याे

बिआरटीनेपाल २०८१ असार ७ गते ६:१० मा प्रकाशित

हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४४ अङ्कले घटेर २ हजार ६८ दशमलव ३१ विन्दुमा झरेको छ ।

आज फाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन कालिका लघुवित्त कम्पनीको शेयर भने साढे प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ३ सय ६ वटा कम्पनीका ८६ लाख ६३ हजार कित्ता शेयर ३ अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल कम्पनीको १७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू