अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 03:52

पत्नीले नै गरिन् भाषाविद् चोम्स्कीको मृत्युको खबर असत्य भएको पुष्टि !

बिआरटीनेपाल २०८१ असार ६ गते ६:०९ मा प्रकाशित

नोम चोम्स्कीकी पत्नी भालेरिया वासरम्यान चोम्स्कीले मङ्गलबार आफ्ना पतिको मृत्यु भएको भन्ने समाचार असत्य भएको बताएकी छिन् । साओ पाउलोस्थित ‘बेनिफिसेन्सिया पोर्टुगुएसा अस्पताल’ले एक विज्ञप्ति जारी गर्दै चोम्स्कीलाई घरमै उपचार जारी राख्न मङ्गलबार डिस्चार्ज गरिएको जनाएको छ ।

९५ वर्षीय चोम्स्कीलाई ब्राजिलमा मस्तिष्काघातपछि अस्पताल भर्ना गरिएको थियो । मङ्गलबार चोम्स्की ‘एक्स’को सूचनाको ट्रेन्डिङमा रहनुभएको थियो । किनकि यसअघि सार्वजनिक भएका उहाँको मृत्युका रिपोर्टहरू गलत सावित भएका थिए । ज्याकोबिन र द न्यू स्टेट्सम्यानले चोम्स्कीका लागि मृत्युलेख प्रकाशित गरे तापनि चोम्स्कीले आफ्नो शीर्षक ‘वी रिमेम्बर नोम चोम्स्की’बाट ‘लेट्स सेलिब्रेट नोम चोम्स्की’ मा परिवर्तन गर्नुभएको थियो ।

‘द न्यू स्टेट्सम्यान’ले ग्रीसका पूर्वअर्थमन्त्री यानिस भारोफाकिसको निबन्धलाई पूर्णरुपमा हटाएको छ । ब्राजिलियन समाचार साइट डियारियो डो सेन्ट्रो डो मुन्डोले पनि चोम्स्कीको मृत्युको घोषणा गरेको समाचार हटाएर उहाँको नयाँ समाचार प्रकाशन गरेको छ । अस्पतालमा उहाँको मस्तिस्काघातको उपचार भइरहेको चोम्स्कीकी पत्नी भालेरियाले गत साता इमेलमार्फत् एपीलाई बताएकी थिइन् ।

चोम्स्की दम्पती सन् २०१५ देखि ब्राजिलमा बसोबास गर्दै आएका छन् । अमेरिकी विदेशनीतिको आलोचना गरेका नोम चोम्स्कीले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा दशकौंसम्म प्राध्यापन गर्नुभएको थियो । सन् २०१७ मा उहाँ टक्सनस्थित एरिजोना विश्वविद्यालयको कलेज अफ सोसियल एन्ड बिहेभियरल साइन्समा भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू