अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 02:08

गैरसरकारी संस्थाहरुको खाजा नखान संसदीय समितिहरुलाई निर्देशन

बिआरटीनेपाल २०८१ असार ५ गते ७:११ मा प्रकाशित

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद अन्तर्गतका सबै समितिहरुलाई कुनै पनि एनजीओ/आईएनजीओहरुको कुनै पनि सहयोग नलिन निर्देशन दिनुभएको छ । संसदीय समितिहरुका बैठकमा विभिन्न एनजीओ आइएनजीओहरुले खाजा खुवाउने तथा सांसदहरुको संलग्नतामा कार्यक्रम गर्ने गरेको गुनासो आएपछि सभामुख र अध्यक्षले त्यस्तो नगर्न नगराउन संसद सचिवालय मार्फत निर्देशन दिनुभएको हो ।

संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक पत्र काट्दै समितिहरुको ध्यानाकर्षण गराउनु भएको हो । संघीय संसदको संस्थागत जानकारी एवं अनुमति विना कतिपय गैरसरकारी संस्थाहरुले संघीय संसद अन्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, सांसदहरुको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानून निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासा सुनिएकाले त्यसो नगर्न नगराउन सभामुख र अध्यक्षबाट निर्देशन आएको पत्रमा उल्लेख छ ।

गत आइतबार राज्य व्यवस्था समितिको बैठकमा गैरसरकारी संस्थाले खाजा बाँड्न लाग्दा हो–हल्ला भएपछि गृहमन्त्री रवि लामिछानेले बैठक नै छाडेर हिंडेपछि यो विषय सतहमा आएको हो । सांसदहरु गैर सरकारी संस्थाका प्रायोजनमा गोष्ठी तथा विदेश भ्रमणमा समेत बारम्बार आउजाउ पनि गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय