अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९
| Colorodo: 05:04
मगर समुदायले शनिबार भूमे पर्व मनाएका छन्। विशेषगरी रुकुम, रोल्पालगायत मगर समुदायको बाहुल्यता रहेका जिल्लाहरुमा भूमे पर्व धुमधामका साथ मनाइन्छ।यसैबीच काठमाडौँ उपत्यकामा रहेका मगर समुदायले टुँडिखेलमा भेला भएर नाचगानसहित भूमे पर्व मनाएका हुन्।
टुँडिखेलमा भेला भएकाहरु मगर समुदायको साँस्कृतिक पहिरनमा सजिएका थिए।नेपाल मगर संघको आयोजनामा टुँडिखेलमा भूमे पर्व मनाइएको हो। पर्व असार ३ गतेसम्म मनाइने आयोजकको भनाइ छ। तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरर मनाउने गरिन्छ।