अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 17:02

सूचना प्रविधिको क्षेत्रमा ५ वर्षसम्म कुनै पनि करका नीतिमा परिवर्तन गर्दैनौँ : अर्थमन्त्री

बिआरटीनेपाल २०८१ असार २ गते ५:५८ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षसम्म कुनै पनि करका नीतिमा परिवर्तन नगर्ने बताउनुभएको छ । ललितपुरमा शुरु भएको ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१’ लाई सम्बोधन गर्दै उहाँले अब पाँच वर्षसम्म सूचना प्रविधिको क्षेत्रमा कर नबढाउने र यो क्षेत्रलाई प्रोत्साहन गर्ने बताउनुभएको हो ।

अर्थमन्त्री पुनले सूचना प्रविधिको क्षेत्रमा नेपालले अब फड्को मार्नुपर्ने बताउनुभयो । पुनले नेपालका लागि आईटी क्षेत्र प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र भएको भन्दै १० वर्षमा ३० खर्बको आईटी उत्पादन निर्यात गर्नसक्ने महत्वाकांक्षी योजना सरकारले ल्याएको पनि बताउनुभयो । उहाँले काठमाण्डौमा तत्काल एउटा आईटी हब बनाउने र त्यसका लागि केही ठाउँ हेरिसकिएको पनि बताउनुभयो । उहाँले सात प्रदेशमा नै हबको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

सरकारको तर्फबाट काठमाण्डौमा कम्तिमा १० ठाउँमा तत्काल आईटी सेन्टर स्थापना गर्ने र तीन वर्षलाई कुनै पनि शुल्क नलिने अर्थमन्त्री पुनले बताउनुभयो । अर्थमन्त्री पुनले गएको आर्थिक वर्षमा ६६ अर्ब रुपैयाँ बराबरको आईटी सेक्टरको सेवा निर्यात गरेको र आउँदो एक वर्षभित्र एक खर्ब रुपैयाँको आइटी उत्पादन निर्यात गर्ने लक्ष्य राखेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू