अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१
| Colorodo: 21:56
युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । नेपाली समयअनुसार आज बेलुका पौने ७ बजे समूह ‘ए’ का हङ्गेरी र स्वीट्जरल्यान्ड खेल्दैछन् । यो खेल जर्मनीको रेन एनर्जी स्टेडियममा हुनेछ । यसै समूहमा रहेको आयोजक जर्मनीले उद्घाटन खेलमा स्कटल्यान्डलाई ५–१ गोल हराउँदै विजयी सुरुवात गरेको छ ।
आज हुने दोस्रो खेलमा राति पौने १० बजे समूह ‘बी’ का स्पेन र क्रोएसिया खेल्नेछन् । यो खेल बर्लिनमा हुनेछ । त्यस्तै समूह ‘बी’ कै अर्को खेलमा राति पौने एक बजे साविक विजेता इटाली र अल्बानिया सिग्नल इडुना पार्कमा खेल्नेछन् । जर्मनीले आयोजना गरेको १७ औँ संस्करणको युरोकप आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । २४ वटा टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ ।