अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 23:06

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि रामाफोसा निर्वाचित

बिआरटीनेपाल २०८१ असार २ गते ५:४९ मा प्रकाशित

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि सिरिल रामाफोसा निर्वाचित हुनुभएको छ । दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कांग्रेस (एएनसी) र विपक्षी दलहरूबिच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एक पटक रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो । नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर–राइट डेमोक्रेटिक एलायन्स (डीए) र साना दलहरू सामेल छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनमा रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गर्दै देशको हितमा सबै मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रामाफोसा यसअघि सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू