अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 05:14

अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छ : महासचिव चन्द

बिआरटीनेपाल २०८१ असार २ गते ५:३८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताउनुभएको छ । शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तरसंवादमा बोल्दै महासचिव चन्दले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताउनुभएको हो ।

महासचिव चन्दले आगामी आर्थिक वर्षको बजेटको सरकारमा सहभागी दलका प्रभावशाली नेताहरुले नै आलोचना गरिहेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गर्नुभयो । उहाँले १२ खर्बको राजश्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको बताउनुभयो । उहाँले सरकारमा सहभागी मान्छेहरुको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको पनि बताउनुभयो ।

महासचिव चन्दले देशलाई आत्मनिर्भर अर्थतन्त्रको दिशामा लानुपर्ने बताउनुभयो । उहाँले आफूहरु सरकारसँग मिलेर काम गर्न चाहेको भन्दै सरकारले मद्दत गरेमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने र परिणाम आउने गरी कृषि क्षेत्रबाट योगदान गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय