अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 05:00

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

बिआरटीनेपाल २०८१ असार १ गते १०:३५ मा प्रकाशित

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सात इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको जानकारी दिएको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै ती सेवा प्रदायकको इन्टरनेट र इमेल सेवाको अनुमतिपत्र खारेज भएको बताएको हो ।

यी सात सेवा प्रदायकले “दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरणवापतको दस्तुर बुझाएर अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले,” लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम ती सात कम्पनीको लाइसेन्स स्वतः रद्द भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय