अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 07:46

गणतन्त्रप्राप्तिपछि देश विकासमा फड्को मार्यो – डा सिके राउत

बिआरटीनेपाल २०८१ असार १ गते १०:२१ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ को अवसर पारेर राष्ट्रिय समाचार समिति ९रासस०ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपश्चात् अध्यक्ष डा राउतले गणतन्त्रपछिको उपलब्धिलाई राससमा प्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गर्नुभयो ।

“गणतन्त्रप्राप्तिपछिको उपलब्धिलाई समेटेर राससले गरेको तस्बिर प्रदर्शनी आफैमा महत्वपूर्ण छ। यसले गणतन्त्रपछि विकास र आर्थिक समृद्धिको यात्रामा मुलुक अगाडि बढेको छ भन्ने सन्देश दिएको छ”, अध्यक्ष डा राउतले भन्नुभयो, “गणतन्त्र आइसकेपछि यसका बारेमा नयाँ पुस्तामा गणतन्त्रको विरुद्धमा भास्यहरु सिर्जना गर्ने काम भइरहेका छन्। अनेक भ्रम फैलाएर निराशाको वातावरण सिर्जना गर्ने काम भएको छ। त्यस्तो पृष्ठभूमिमा राससको तस्बिर प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने मैले अपेक्षा गरेको छु।”

एक दशकको तुलना गर्दा नेपालको जलविद्युत्, शिक्षालगायत क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको र एक किसिमले देशको विकासले फड्को मारेको अध्यक्ष डा राउतको भनाइ थियो। उहाँले गणतन्त्र प्राप्ति पछिको समयमा विकास र पूर्वाधारको क्षेत्रमा कति प्रगति भएको छ, भन्ने विषयलाई पनि राससको तस्बिर प्रदर्शनीले उजागर गरेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय