अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 07:37

गण्डकीका ऊर्जामन्त्री देवकाेटा पदमुक्त

बिआरटीनेपाल २०८१ असार १ गते ९:२६ मा प्रकाशित

गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसदबाट पदमुक्त हुनुभएको छ । प्रदेश सभाको आज बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचनामार्फत जानकारी दिनुभयो ।

नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटा गोरखा २ (क) प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित हुनुभएको थियो । माओवादी संसदीय दलको ‘ह्विप’ उल्लङ्घन गर्दै यही जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बन्नुभएको थियो । तर माओवादीले ह्विप उल्लङ्घनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएपछि उहाँको सांसदसँगै मन्त्री पद पनि गएको छ । देवकोटा सर्वोच्च अदालत जाने तयारीमा हुनुहुन्छ ।

देवकोटाको निलम्बनले गण्डकी प्रदेश सभामा ५९ जना सांसद सङ्ख्या कायम भएको छ । अब पाण्डेले पुनः विश्वासको मत लिनुपर्ने अवस्थामा बहुमत ३० भए पुग्नेछ । अहिलेको समीकरणका सबैले मत दिएमा मुख्यमन्त्री पाण्डेलाई बहुमत पुग्ने अवस्था देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय