अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 18:47

कोसी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा

बिआरटीनेपाल २०८१ जेठ ३१ गते ६:०९ मा प्रकाशित

कोसी प्रदेश सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा परेको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । सर्वोच्चको अभ्यासमा हेर्दाहेर्दैमा राखिएको मुद्दा सोही इजलासले टुंग्याउने अभ्यास छ ।कोसी प्रदेशमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्कीलाई सदनमा अविश्वासको प्रस्तावसमेत नल्याएको अवस्थामा प्रदेश प्रमुख परशुराम खापुङले नेकपा ९एमाले०का हिक्मतकुमार कार्कीलाई अर्को मुख्यमन्त्री नियुक्त गरेपछि तत्कालीन मुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

जेठ २७ मा दायर रिटमा प्रदेश प्रमुखले संविधानविपरीत नियुक्ति दिएको भन्दै परमादेशबाट नियुक्तिको प्रक्रिया र त्यसपछिका सबै काम खारेज गर्न माग गरिएको छ । तत्कालीन मुख्यमन्त्री कार्कीले दलहरूले सरकार दिने विकल्प सकिएर संविधानको धारा १६८ (५) अनुसार सांसदहरूको निर्णयबाट मुख्यमन्त्री बनेको भन्दै यस्तो सरकारविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव, समर्थन फिर्ता वा दलीय आधारमा वैकल्पिक सरकारको विकल्प संविधानले नदिएको पनि दाबी गर्नुभएको छ । उहाँले रिटमार्फत संवैधानिक पदमा बसेर संविधानविपरीतका काम गर्ने प्रदेश प्रमुख परशुराम खापुङलाई पदमुक्त गर्ने आदेशसमेत माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू