अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 17:37

शेयर बजार घटे पनि काराेबार रकम झन्डै ५ महिनायताकै उच्च

बिआरटीनेपाल २०८१ जेठ ३१ गते ५:२१ मा प्रकाशित

लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अङ्कले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा झरेको छ ।आज विकास बैंक र फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समृद्धि फाइनान्स, कुथेली बुखारी हाइड्रोपावर र साधना लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज बजार घटे पनि कारोबार रकम भने बढेर झन्डै पाँच महिनायताकै उच्च भएकाे छ । आज तीन सय १३ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि गएकाे माघ ७ गते ७ अर्ब ६३ कराेड रुपैयाँकाे काराेबार भएकाे थियाे । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू