अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 07:44

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ : गृहमन्त्री लामिछाने

बिआरटीनेपाल २०८१ जेठ ३० गते ६:४४ मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने बताउनुभयो ।उपप्रधानमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसाथ गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताउनुभयो ।

‘सबै गर्न सकिँदैन तर, धेरै गर्न सकिन्छ’ भन्ने आस र भरोसाका साथ आफूहरू अघि बढेको लामिछानेले बताउनुभयो । ‘तीन महिना सरकारमा बसेर मेरो पार्टीबाट मन्त्रि बनेकाहरूले एउटा पनि नराम्रो काम गरेका छैनन्, राम्रा काम भएका छन्’, उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उहाँले प्रदेश संरचनालाई लिएर धेरै प्रश्नहरू उब्जिएकाले संविधानको भावना र परिकल्पना अनुरूप प्रदेश सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

‘प्रदेश संरचनालाई लिएर धेरै जिज्ञासा उब्जिएका छन् । यसमा सुधार गरेर अघि बढ्नुपर्छ’, लामिछानेले भन्नुभयो । उपप्रधानमन्त्री लामिछानेले नागरिकलाई दुःख नदिइकन परिवर्तनका लागि आफूहरू मुद्दामा एक भएर अगाडि बढ्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय