अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 22:05

टी–२० विश्वकपमा आज राति अमेरिका र भारत खेल्दै

बिआरटीनेपाल २०८१ जेठ ३० गते ५:३० मा प्रकाशित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति समूह ‘ए’ का अमेरिका र भारत खेल्दैछन् । न्युयोर्कमा हुने खेल राति सवा ८ बजे शुरु हुनेछ ।भारत २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाले पनि २ खेलमा ४ अङ्क जोडेको भए पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।भारतले पहिलो खेलमा आयरल्यान्ड र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । यस्तै अमेरिकाले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो ।

अमेरिका र भारतले एकअर्कासँग अहिलेसम्म कुनै पनि फम्र्याटको क्रिकेट खेलेका छैनन् । आजको खेल यी दुई टोलीबीचको पहिलो भेट हुनेछ । टी–२० विश्वकपमा अहिलेसम्म समूह ‘बी’ बाट अस्ट्रेलिया र नेपाल रहेको समूह ‘डी’ बाट दक्षिण अफ्रिका ‘सुपर आठ’ मा पुगेका छन् ।

प्रतिक्रिया