अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५
| Colorodo: 04:30
थाइल्यान्डको राजधानी बैंककको चर्चित बजार चतुचकमा आगलागी हुँदा झन्डै एक हजार वटा जनावर मरेका छन् ।आज बिहान झन्डै एक सय वटा पसलमा आगलागी हुँदा चराचुरुङ्गी, कुकुर, बिरालो र सर्पहरू जलेर मरेका बीबीसीले जनाएको छ । यस्तै आगलागीमा मुसा, पाइथन र गेकोसहरू पनि जलेका छन् ।
बिजुली शर्ट भएर आगलागी भएको र अहिलेसम्म मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त नभएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । साँघुरो गल्लीहरूमा दशौँ हजार पसलहरू भएको चतुचक दक्षिण पूर्व एशियाको सबैभन्दा ठूलो बजारहरूमध्ये एक हो । यो थाइल्यान्डको साप्ताहिक बजारहरूमध्ये सबैभन्दा ठूलो र सबैभन्दा चर्चित बजार पनि हो ।
यहाँ हरेक शनिवार र आइतवार झन्डै दुई लाख जना पर्यटक आउने दाबी गरिएको छ । तर घरपालुवा जनावर बेच्ने बजारको भाग भने हप्ताभर खुला रहन्छ ।