अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 17:02

वैशाखमा मूल्यवृद्धि ४ दशमलव ४० प्रतिशत

बिआरटीनेपाल २०८१ जेठ २८ गते ७:५५ मा प्रकाशित

राष्ट्र बैंकले मूल्यवृद्धि घटेको देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको १० महिनाको वित्तीय विवरणअनुसार गएको वैशाख महिनामा मूल्यवृद्धि जम्मा ४ दशमलव ४० प्रतिशत मात्रै रहेको उल्लेख छ । अघिल्लो वर्षको वैशाखमा मूल्यवृद्धि ७ दशमलव ४१ प्रतिशत थियो । वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६ दशमलव २७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि जम्मा २ दशमलव ९६ प्रतिशत रहेको छ ।

तर तरकारी उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २३ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ८५ प्रतिशत, मरमसलाको ८ दशमलव ९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७ दशमलव ४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुको ७ दशमलव २५ प्रतिशतले बढेको छ । घिउ तथा तेल उप–समूहको मूल्य भने ७ दशमलव १३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू