अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 09:49

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासकाे मत, माओवादीकाे चिह्नबाट चुनाव जितेका देवकोटाद्वारा ‘फ्लाेर क्रस’

बिआरटीनेपाल २०८१ जेठ २८ गते ७:३४ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) काे चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले समेत मत दिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ ।आजको प्रदेश सभामा भएको मत विभाजनमा देवकोटाले माओवादी संसदीय दलको ‘ह्विप’ विपरीत ‘फ्लोर क्रस’ गर्नुभएको छ । मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ सांसदको मत परेको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिनुभयो ।

यसअघि अल्पमतमा परेर मुख्यमन्त्रीको पद गुमाएका पाण्डेलाई आज भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई जना र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेले पनि मत दिनुभएको थियो । यस्तै नेकपा एमालेका २२ र माओवादीका ६ सहित २८ जना सांसदले पाण्डेको विपक्षमा मत हालेका छन् । आफ्नो पार्टीको ‘ह्विप’ नमानेको भन्दै माओवादीले सांसद फणिन्द्र देवकोटालाई कारबाही गर्ने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय