अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३
| Colorodo: 09:58
यो वर्षको मनसुन प्रणाली सोमबारदेखि नेपाल भित्रिएको छ । कोशी प्रदेशको पूर्वी भूभागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष केही दिन छिटो गरी नेपालमा मनसुन प्रवेश गरेको महाशाखाले जनाएको छ ।
हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ । औसत मितिभन्दा अगाडि अथवा पछाडि पनि मनसुन भित्रन सक्ने विज्ञहरु बताउछन् ।
गत वर्ष २०२३ को जुनमा मनसुन नेपाल प्रवेश गरेको थियो । अक्टोबर २ देखि नेपालबाट मनसुन बाहिरिने महाशाखाले जनाएको छ ।