राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि जसरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेस गर्नुभएको हो ।
सांसद शेर्पाले सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नुपरेको बताउनुभयो ।
प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको उल्लेख गरिएको छ । सो जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक सांसद शेर्पा रहनुभएको छ भने सांसदहरु जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी साह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र शेखरकुमार सिंह समर्थक रहनु भएको छ ।