अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 14:49

सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तार

बिआरटीनेपाल २०८१ जेठ २८ गते ७:१५ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। नवनियुक्त ७ जना मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले आजै पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । अब सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री सहित १० सदस्यीय बनेको छ। मुख्यमन्त्री सोडारीले स्वतन्त्र सांसद डा.तारा जोशीलाई समेत मन्त्री नियुक्त गरेपनि उहाँले भने सपथ लिन अस्विकार गर्नुभयो। जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको थियो।

बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो। आज विस्तार गरिएको मन्त्रीमण्डलमा एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री को जिम्मेवारी दिइएको छ। यसैगरी मन्त्री नियुक्त हुनेमा एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक तथा एकीकृत समाजवादीकी माया पन्त रहनुभएको छ । थापा लगायत पाँचै जनालाई भने बिना विभागीय मन्त्री नियुक्त गरेर शपथ गराइएको छ।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय