अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४०
| Colorodo: 14:55
जल तथा मौसम विज्ञान विभागले आउँदो केही दिनसम्म तराईमा ‘लू’ अर्थात् ताताे हावाकाे लहर चल्ने जनाएको छ । तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो ।विभागकी मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
विभागले भनेको छ, ‘तराईका भू–भागमा केही दिन तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’ मौसमविद् महर्जनका अनुसार यसअघि नेपालगञ्जमा यो वर्षको सबैभन्दा बढी ४४ दशमलव २ डिग्री र धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम मापन भएको थियो ।