अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 15:02

झाेलुङ्गे पुलमा फसेका ११ वटा खच्चरकाे उद्धार, २ वटा मरे

बिआरटीनेपाल २०८१ जेठ २७ गते ६:११ मा प्रकाशित

दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पिङको लट्ठा चुँडिदा फसेका १३ मध्ये ११ वटा खच्चरको उद्धार भएको छ ।सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा ११ वटा खच्चरकाे उद्धार भएकाे दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । उद्धारका क्रममा २ वटा खच्चर मरेका छन् । फसेका खच्चरलाई पुलबाटै उद्धार गर्न सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा खसालेर उद्धार गरिएको हो ।

आज बिहान अछामको पञ्चदेवलबाट दैनिक उपभोग्य सामग्री लिन दैलेखको राकम बजार आउँदै गरेका खच्चर झोलुङ्गे पुलको एकतर्फको लट्ठा चुँडिदा पुलमै फसेका थिए । पुलको लट्ठा चुँडिदा दुई जिल्लाको आउजाउ पनि बन्द भएको छ । दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली खच्चरको उद्धारमा खटिएको थियो । यो पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ र दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ लाई जोड्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय