अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९
| Colorodo: 06:34
युक्रेनी सेनाले रुसले कब्जा गरेको खेरसनमा आक्रमण गर्दा २२ जनाको ज्यान गएको छ । रुसल कब्जा गरेको खेरसन क्षेत्रको सडोभोये गाउँमा एउटा पसलमा दुई पटक भएको बमबारीमा २२ जना नागरिकको ज्यान गएको गभर्नर भ्लादिमिर साल्दोले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आक्रमणको समयमा पसलभित्र ग्राहक र पसलका कर्मचारीकाे भीड लागेको थियो । पहिलो हमला फ्रान्सेली हवाई बमबाट भएको र दोस्रो हमला अमेरिकी हिमर्स रकेटबाट भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिका र युरोपले दिएका हतियार रुसविरुद्ध आक्रमण गर्न सक्ने अनुमति पाएपछि युक्रेन रुसविरुद्ध आक्रमक भएको छ । रुसले यो निर्णयको कडा शब्दमा विरोध गर्दै अमेरिका र युरोप नजिकैका आफ्ना मित्र देशमा क्षेप्यास्त्र तैनाथ गर्ने चेतावनी दिइसकेको छ ।