अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 00:45

टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्ड खेल्दै

बिआरटीनेपाल २०८१ जेठ २५ गते ६:४२ मा प्रकाशित

आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ । क्यानडा र आयरल्यान्ड दुवैले यसअघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् ।

क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्यान्ड भारतसँग पराजित भएको थियो । दुवै देशबीच अहिलेसम्म ४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २–२ खेल जितेका छन् । सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्त्वपूर्ण रहेको छ ।

प्रतिक्रिया