अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६
| Colorodo: 14:51
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिनुहुने भएको छ । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम उनी जेठ १६ गते मुख्यमन्त्री बन्नुभएको थियो ।
पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ । त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्को सिट पनि आवश्यक पर्छ ।
पाण्डे यसैको छलफलका लागि बिहीबार काठमाडौँ पुग्नुभएको थियो । विश्वासको मत पाउने सम्भावना देखेपछि पाण्डेले बजेटअघि नै संसद् फेस गर्न लागेको उहाँनिकट स्रोतले जनाएको छ ।