अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 20:57

९ सय मेगावाटकाे अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ छिचोलियो

बिआरटीनेपाल २०८१ जेठ २२ गते ५:२२ मा प्रकाशित

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ छिचोलिएको छ । मकालु गाउँपालिकाको आम्राङमा रहेको अडिट २ मा एक कार्यक्रमका बीच आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ छिचोल्नु भएको हो । ११ किलोमिटर आठ सय ३० मिटर लामो मुख्य सुरुङमा विस्फोट गरी छिचोलिएको हो ।सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बिजुली व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभयो । ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै उहाँले आउँदो आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताउनुभयो ।

आउँदो आर्थिक वर्षमा नौ सय मेगावाट बिजुली थप गरी राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार पाँच सय मेगावाट पुर्याउने, बङ्गलादेशमा बिजुली निर्यात गर्ने व्यवस्था मिलाउने प्रधानमन्त्रीको भनाइ थियो । अरुण तेस्रो जलविद्युत् परियोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । एक खर्ब चार अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव नौ प्रतिशत निःशुल्क बिजुली प्राप्त हुनेछ । आयोजनाबाट स्थानीय प्रभावितहरूले एक अर्ब ६० करोड रुपैयाँको शेयर र प्रति महिना प्रति घर ३० युनिटसम्म बिजुली निःशुल्क प्राप्त गर्नेछन् ।

अरुण तेस्राे निर्माणकाे जिम्मा पाएको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एमजेभीएन) ले निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने विद्युत् विकास सम्झौतामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय