अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२
| Colorodo: 23:47
यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड खेल्दैछन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने एक बजे लन्डनको वेम्बली मैदानमा शुरु हुनेछ । सेमिफाइनलमा रियलले बायर्न म्युनिखलाई र डर्टमण्डले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराउँदै फाइनल खेल्न लागेका हुन् ।
रियल मड्रिडले यसअघि कीर्तिमानी १४ औँ पटक उपाधि जितेको छ । डर्टमण्डले सन् १९९७ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यो सिजन सन् २०२३–२४ मा डर्टमण्ड सेमिफाइनलमा फ्रेन्च टोली पीएसजीलाई हराउँदै ११ वर्षपछि उपाधि नजिकै पुगेको हो । पछिल्लो पटक सन् २०१३ को फाइनलमा डर्टमण्ड बायर्न म्युनिखसँग पराजित भएको थियो ।