अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०८ | Colorodo: 00:23

मधेस प्रदेशमा एकीकृत समाजवादीले जसपा नेपाललाई नसघाउने

बिआरटीनेपाल २०८१ जेठ १९ गते ८:४६ मा प्रकाशित

मधेस प्रदेशमा नेकपा ९एकीकृत समाजवादी०ले जनता समाजवादी पार्टी नेपाललाई साथ नदिने भएको छ । शनिवार नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनबिचको भेटमा अध्यक्ष नेपालले सो कुराको जानकारी गराउनुभएको हो । भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टी केन्द्र सरकारमा रहेको र अन्य प्रदेशमा पनि सहभागी भएको बताउँदै यस्तो अवस्थामा विपक्षी गठबन्धनलाई सघाउन नमिल्ने स्पष्ट पारेको स्रोतले दाबी गरेको छ ।

भेटघाटका क्रममा उहाँले आफ्नो पार्टीभित्र पनि समस्या भएको बताउनुभएको थियो । अध्यक्ष नेपालले छलफलका क्रममा भन्नुभएको थियो, ‘मधेस प्रदेशको विपक्षी गठबन्धनमा जसपा नेपाललाई सघाउन मन भए पनि पार्टीमा अन्य नेताहरूले नमान्ला जस्तो छ, अरू पार्टीभन्दा हाम्रो पार्टीको अवस्था अलि फरक रहेका कारण समर्थन गर्न गार्‍हो हुने भयो ।’ तर प्रवक्ता सुमनले एकीकृत समाजवादी मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिनेमा सकारात्मक रहेको दाबी गर्नुभयो । अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठकमा यसबारे छलफल गरी निर्णय लिने आफूलाई जानकारी गराएको समेत उहाँले बताउनुभयो ।

मधेसमा जसपा नेपालका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिँदैहुनुहुन्छ । एकीकृत समाजवादी अझै पनि जसपा नेपाल नेतृत्वको सरकारमा सहभागी रहेको छ । जसपा नेपालले कांग्रेस, लोसपा नेपाल, एकीकृत समाजवादीले विश्वासको मत दिने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय