अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६
| Colorodo: 00:21
मधेशमा भएको पानी अभाव पूर्तीको मागसहित हिँडेरै काठमाण्डौ आएका मधेशका बासिन्दाले आज बानेश्वरमा प्रदर्शन गरेका छन् । चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वतर्फ जाँदै गर्दा आफूहरुलाई प्रहरीले नयाँ बानेश्वर चोक नजिकै रोकेको चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले जानकारी दिनुभयो ।
प्रदर्शनकारीले `आँखा खोल सरकार´, `चुरे बेच्न पाइँदैन´, `चुरे ऐन लागू गर´, `पानी दे सरकार´ लगायतका नारा लगाएका छन् । २५ दिन पैदल हिँडेर काठमाण्डौ आएका मधेशका विभिन्न जिल्लाका बासिन्दा १० दिनदेखि माइतीघरमा धर्ना बसिरहेका छन् ।