नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । नारायणहिटीदरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै छ ।२०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरवार हत्याकाण्ड’लाई आम नेपालीले अझै भुल्न सकेका छैनन् ।उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो ।
नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डबारे सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालिन सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाइएको थियो । उक्त समितिले युवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको थियो । अधिकांश नेपालीले यो प्रतिवेदनमाथि शंका गर्दै फेरि निष्पक्ष आयोग बनाएर घटनाबारे छानविन गर्नुपर्ने बताउँदै आएका छन् ।