अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 03:54

देशमा रोजगारीको ठूलो समस्या छ : मन्त्री अर्याल

बिआरटीनेपाल २०८१ जेठ १९ गते ८:०७ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको भन्दै रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ । शनिबार जनधपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले देशभरको तुलनामा मधेस प्रदेशमा रोजगारीको समस्या विकराल रहेको बताउनुभयो । उहाँले रोजगारको खोजिमा युवा पुस्ता भौंतारिरहेको अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताउनभयो । उहाँले मेलाले श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको भन्दै देशको श्रमबजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय