अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 03:45

यात्रा अनुमति प्राप्त नगरेका हातहतियार इजाजत वाहकको घरबाहिर लैजान नपाइने

बिआरटीनेपाल २०८१ जेठ १८ गते ७:१७ मा प्रकाशित

सरकारले यात्रा अनुमति प्राप्त नगरेका हातहतियार इजाजत वाहकको घरबाहिर लैजान नपाइने व्यवस्था गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रचलित कानुन बमोजिम इजाजत पत्र प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियार इजाजत वाहकले घरबाहिर लैजान नपाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएको ठाउँमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गाको अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गामध्ये प्रारम्भिक चरणमा काठमाण्डौ उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवम् भवनलगायत अन्य चलअचल सम्पत्तिको खोज तथा लगत सङ्कलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय