नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।अध्यक्ष नेपालले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताउनुभयो । उहाँले अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको बताउनुभयो । उहाँले समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताउनुभयो । उहाँले देशको योजना बनाउँदा हावादारी योजना बनँउन नहुने बताउनुभयो ।
अध्यक्ष नेपालले आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्याउन जरुरी रहेको बताउनुभयो ।