अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३७ | Colorodo: 19:52

लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घट्यो

बिआरटीनेपाल २०८१ जेठ १७ गते ७:१५ मा प्रकाशित

लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ६९ दशमलव ५३ विन्दुमा झरेको छ ।आज फाइनान्स, हाइड्रोपावर र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर लेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज तीन सय ११ वटा कम्पनीका ९८ लाख ६४ हजार कित्ता शेयर चार अर्ब २१ करोड रुपैयाँमा कारोबार भएको छ । बजार घटेको दिन सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको १९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू