अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

देउवा निवासमा विपक्षी दलहरूको बैठक, माधव नेपाल पनि सहभागी

बिआरटीनेपाल २०८१ जेठ १६ गते ७:२९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक सकिएको छ। छलफलमा सत्तारूढ एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिह भण्डारी सहभागी हुनुभएको थियो । सभापति देउवाले निवास बूढानीलकण्ठमा बुधबार अपराह्न ५ बजे छलफलका लागि उनीहरूलाई बोलाउनुभएको थियो ।

समसामयिक राजनीतिक घटनाक्रम, मधेसलगायत प्रदेश सरकारका विषयमा सभापति देउवाले छलफल गरेको सचिवालयले जनाएको छ। मधेसमा जसपा संसदीय दल नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुन्छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए। मधेस सरकार जोगाउन यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्रले लोसपा अध्यक्ष ठाकुरसँग भेटवार्ता पनि गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय