अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 17:35

९ सय मेगावाट बिजुली थप्ने लक्ष्य, ऊर्जा क्षेत्रमा ५० अर्ब ७४ करोड रुपैयाँ बजेट

बिआरटीनेपाल २०८१ जेठ १५ गते ४:३१ मा प्रकाशित

सरकारले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थप गर्ने लक्ष्य लिएको छ । आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली थप गरी कुल क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य लिएको जानकारी गराउनुभएको छ ।

यस्तै सरकारले आउँदो आर्थिक वर्षभित्र बङ्ग्लादेशमा बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ । यसैगरी हिउँदयाममा हुने बिजुली अभाव पूर्तिका लागि बूढीगण्डकी, दूधकोशी, नलगाडलगायत जलाशययुक्त आयोजनाको काम शुरु गर्ने अर्थमन्त्री पुनले घोषणा गर्नुभएको छ । सरकारले आउँदो आथिक वर्ष ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय