अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

संसदीय छानबिन समितिको कार्यादेश टुङ्गाे लाग्याे, गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको पनि छानबिन हुने

बिआरटीनेपाल २०८१ जेठ १५ गते २:४५ मा प्रकाशित

सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लागेको छ । केही बेरअघि सम्पन्न कार्यदलको बैठकले संसदीय समितिको चार बुँदे टीओआर टुङ्गो लगाएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो । कार्यादेशमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने गरी चार बुँदे सहमति भएको छ ।

संसदीय समितिले २० वटा समस्याग्रस्त र गैरकानुनी तरिकाले लगानी गर्ने नौ वटा सहकारी संस्थाको छानबिन गर्नेछ । संसदीय समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवम् वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ । सहमतिसँगै अनुसूचीमा समस्याग्रस्त र सावजनिक रूपमा प्रश्न उठेका सहकारीको नाम पनि राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय