अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 21:32

गिरिबन्धु टी-स्टेट प्रकरणमा संलग्न व्यक्तिहरूलाई छानबिनको दायरामा ल्याउन राप्रपाको माग

बिआरटीनेपाल २०८१ जेठ १४ गते ६:४६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गिरिबन्धु टी- स्टेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन माग गरेको छ। काठमाडौंमा बसेको तीन दिने केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले संलग्न व्यक्तिहरूलाई छानबिनको दायरामा ल्याउन माग गर्नुभएको हो । ‘गिरिबन्धु टी-स्टेटमा नीतिगत भ्रष्टाचार भएको छ। कानुन नै बनाएर भ्रष्टाचार गर्ने व्यक्तिहरूमाथि छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्दछ’, उहाँले भन्नुभयो ।

त्यस्तै राप्रपाले उठाएको ४० बुँदे माग सम्बोधन नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गर्ने भएको छ। अध्यक्ष लिङ्देनले आन्दोलनको स्वरूप फेरेर सशक्त ढंगले अगाडि बढ्ने र सरकारलाई ४० बुँदे मागप्रति ध्यानाकर्षण गराउने बताउनुभयो। उहाँले सत्तापक्षले जबर्जस्ती संसद चलाएर संसदको गरिमाको मर्यादा नराखेको आरोप लगाउनुभयो। लिङ्देनले प्रतिपक्षी दललाई बेवास्ता गर्दै संसदमा जबर्जस्ती गर्न खोज्नु सत्तापक्षको कमजोरी रहेको बताउनुभयो।

त्यस्तै उहाँले सहकारी ठगी प्रकरणमा मुछिएका आफ्ना सांसद गीता बस्नेतलाई छानबिनमा सघाउन निर्देशन पनि दिनुभयो। लिङ्देनले तीन तहका सरकारबाट एक अर्ब कृषि अनुदान बाँडिएको भन्दै पाउने व्यक्तिको नामसहित श्वेत पत्र जारी गर्न सरकारसँग माग गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय