अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 21:38

काठमाण्डौमा ‘असन्तुलित हावा’, एअर इन्डियाको जहाज लखनउ ‘डाइभर्ट’, बाटिक एअरले ‘ओभरशुट’ गर्‍याे

बिआरटीनेपाल २०८१ जेठ १४ गते ६:१० मा प्रकाशित

काठमाण्डौमा हावाको सन्तुलन नमिल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट उडान र अवतरण प्रभावित भएको छ ।

विमानस्थलको कन्ट्रोल टावरका अनुसार अहिले काठमाण्डौमा ‘असन्तुलित हावा’ चलिरहेको छ । मलेसियाबाट आएको बाटिक एअरलाइन्सले ओभरशुट गरेको छ । रनवे मै पुगेको बेला पछाडिबाट जोडले हावा चल्दा जहाज अवतरण हुन नपाएको विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै एअर इन्डियाको जहाज लखनउ डाइभर्ट भएको छ । कतार एअरलाइन्सले आकाशमै फन्का लगाएको छ । अहिले त्रिभुवन विमानस्थलमा आन्तरिक उडान पनि प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय