अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 12:32

चिनियाँ विद्युतीय गाडीमा कर बढाउने अमेरिकी निर्णयकाे एलन मस्कद्वारा विराेध

बिआरटीनेपाल २०८१ जेठ ११ गते ६:४६ मा प्रकाशित

अमेरिकी अर्बपति एलन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय गाडीमा कर बढाउने निर्णयको विरोध गर्नुभएको छ । केही हप्ताअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट आयात हुने विद्युतीय गाडीमा कर बढाउने घोषणा गर्नुभएको थियो ।फ्रान्सको पेरिसमा एक सम्मेलनका क्रममा स्याटेलाइट कम्पनी ‘स्पेसएक्स’ र विद्युतीय गाडी ‘टेस्ला’ का प्रमुखसमेत रहेका अर्बपति मस्कले न त टेस्ला न त आफूले कर बढाउनका लागि माग गरेको बताउनुभएको बीबीसीले जनाएको छ । यद्यपि जनवरीमा एलन मस्कले व्यापारमा कुनै पनि प्रकारको प्रतिबन्ध नहुँदा चिनियाँ कार निर्माताहरूले अन्य देशका आफ्ना प्रतिस्पर्धीहरूलाई ‘समाप्त’ गरिदिने चेतावनी दिनुभएको थियो ।

चिनियाँ विद्युतीय कार आफ्नो देशमा लोकप्रिय हुँदा आफ्नो देशमा उत्पादित कारको बजार खस्किएको भन्दै अमेरिकाले २५ प्रतिशतबाट बढाएर शतप्रतिशत कर लगाउने घोषणा गरेको थियो । एलन मस्कले अमेरिकाको यो कदमले आफू हैरान भएको बताउनुभएको खबरमा उल्लेख छ । ‘चीनमा कर नलाग्दा टेस्लाले निकै राम्रो गरिरहेको छ’, उहाँले भन्नुभयो । चीनले अमेरिकाको कर बढाउने घोषणाको विरोध गरेको छ । चीनले अमेरिकाको यो घोषणाको जवाफमा कदम चाल्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू