अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४
| Colorodo: 03:09
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि एक घण्टा उडान तथा अवतरण रोकिएको छ । बिहान पौने १२ बजेदेखि दिउँसो पौने १ बजेसम्म उडान तथा अवतरण अवरुद्ध भएको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।
धावनमार्गमा खाल्डो देखिएपछि केही विमानलाई आकाशमै ‘होल्ड’ मा राख्नुपरेको थियो । मर्मतपछि सुक्न समय लागेकाले एक घण्टा विमानस्थल बन्द गर्नुपरेको हो । धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः शुरु भएको विमानस्थल कार्यालयका प्रवक्ता झाले जानकारी दिनुभयो ।